उपनिर्वाचन : रुकुम पूर्वबाट विजयी हुन थाल्यो माओवादीवडा अध्यक्षमा जगत घर्ती निर्विरोध
काठमाडौं : रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्। पालिका अध्यक्ष पुनीराज घर्तीका अनुसार एमालेका उम्मेवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती निर्विरोध वडाध्यक्ष निर्वाचित भएका हुन्।
वडाध्यक्षका लागि एमालेबाट उम्मेदवार रहेका जीवन रोका र स्वतन्त्र उम्मेदवारी दिएका शुक्र विकले उम्मेदवारी फिर्ता लिएका छन्। पालिकामा रिक्त उपाध्यक्ष र वडाध्यक्षका लागि कांग्रेस एमालेले गठबन्धन गरेका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो।
यद्यपि, घर्ती निर्वाचित भएको घोषणा आयोगले भने गर्न बाँकी छ। निर्वाचन आयोगले आधिकारिक रूपमा विवरण संकलनको काम भइरहेको जानकारी दिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam