च्याम्पियन्स लिग : सिटी, आर्सनल र बार्सा विजयी
काठमाडौं : म्याचेस्टर सिटी युईएफए महिला च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।
गएराति भएको खेलमा घरेलु टोली ह्यामरबीविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो। ह्यामरबीविरुद्ध जित निकालेको सिटी चार खेलमा १२ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा छ।
पराजित ह्यामरबी समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ। टेली–२ एरिनामा भएको खेलमा सिटीलाई जित दिलाउन दुवै गोल खदिजा शले गरिन्। ह्यामरबीका लागि एलेन वाङ्गरहेमले शान्त्वना गोल फर्काइन्।
यही समूहको अर्को खेलमा बार्सिलोनाले सेन्ट पोल्टेनविरुद्ध ४–१ को सहज जित दर्ता गर्यो। यस्तै समूह सीको खेलमा आर्सनलले युभेन्टसलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा आर्सनलले युभेन्टस महिला टोलीविरुद्ध १–० गोलको जित निकालेको हो।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam