एम्बुलेन्सबाट ब्राउन सुगर बरामद, दुईजना पक्राउ
काठमाडौं : सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरी चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले बुधवार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी लिएको थियो। तलासीका क्रममा एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाएको अवस्थामा ब्राउन सुगर बरामद भएको डीएसपी रेवतीरमण पोखरेलले बताए।
ब्राउन सुगर कारोबारमा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ। थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चालकसहित पक्राउ परेका दुवै जनाको नाम सार्वजनिक गरेको छैन।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam