चितवनमा पटका पड्काउँदा बालक घाइते
२६ कात्तिक, चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो ।
पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ ।
आगलागीबाट घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा ३३ जना पक्राउ
२०८३ कार्तिक २६, बिहीबार ५:२५ गते
तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड…



ghanashyam